घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला

उमेश रोकाया
२०८२ अशोज १३ | मध्यान्ह ०४:०६ बजे

बाजुरा, असोज १३ । बाजुराको बुढीगंगा नगरपालिका वडा नं ६ स्थित खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय स्रोतका अनुसार, कालापानीको झुलङ्गे पुल नजिकै आज बिहान एक महिलाको शव फेला परेकाे जनाएका छन। स्थानिय व्यक्तिहरूले शव देखेपछि तुरुन्तै प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीको टोली घटनास्थलमा पुगिसकेपछि शवको अवस्था र कारणका बारेमा प्रारम्भिक अनुसन्धान सुरु गरेकाे जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय बाजुराले घटनाको थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।























