समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिने संयोजक दाहालको विश्वास

रासस
२०८२ अशोज १३ | मध्यान्ह ०१:०६ बजे

काठमाडौँ, असोज १३। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
विजया दशमी २०८२ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने बताउनुभएको छ । उहाँले दसैँलगायत पर्वलाई सामाजिक एकता र अग्रगमनका पक्षमा सङ्कल्पसहित मनाउन आह्वान गर्नुभएको छ ।
माओवादी पार्टीले ‘जेनजी’का मागलाई समर्थन तथा पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको संयोजक दाहालले सन्देशमा उल्लेख गर्नुभएको छ ।


















