विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड


काठमाडौँ, असोज १२। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड दिनुभएको छ ।चेन्ज डिजिटलले काठमाडौँको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आज उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक रहेको बताउनुभएको हो ।
सरकारले विभिन्न नीति तथा योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्ममा कूल निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत विद्युतीय सवारी पु¥याउने लक्ष्य राखिएको छ ।
सन् २०३५ मा यो प्रतिशत वृद्धि गरी क्रमशः ९५ र ९० प्रतिशत पु¥याउने लक्ष्य छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब ८०० वटा चार्जिङ स्टेसन सञ्चालित छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोषअन्तर्गत भायबिलिटी ग्याप फण्डिङ सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्डमार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ वटा आयोजनामार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।























