देश

आज दिउँसो ३ बजे एमाले स्थायी कमिटीको बैठक बस्दै

जगत ठाडा मगर
२०७८ साउन १७ | बिहान ०८:०४ बजे

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो ।

केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षीय नेताहरुले बहिष्कार गर्दै आएका छन् ।

शनिबारै एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा विघटित कार्यदल सदस्यहरुको बैठक बसेको थियो । त्यहाँ भएको छलफलको बारेमा नेम्वाङले स्थायी कमिटी सदस्यहरुलाई ‘ब्रिफिङ’ गरेका थिए ।

सिंहदरबारको छलफलमा विघटित कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई छिटो निष्कर्षमा पुर्याउन जोड दिएका थिए ।

कमेन्टहरु