मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

धुलाचौर बजार अनुगमन संगै म्याद गुर्जेका सामान नष्ट

उमेश रोकाया
२०८२ अशोज ११ | बिहान ०५:०६ बजे

बाजुरा , असोज १० । बाजुरा जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा अनुगमन संगै म्याद गुर्जेका सामान नष्ट गरिएको छ । हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीको संयोजत्व तथा धुलाचौर प्रहरी चौकी र गाउँपालिका कर्मचारी संयुक्त बजारमा अनुगमन गरिएको छ ।

धुलाचौर बजार भित्र व्यवसायी गरेको स्थलगत रूपमा म्याद गुर्जेका सामाग्री जफत गरिएको धुलाचौर प्रहरी चौकी इन्चार्ज गणेश सिंह कुवारले बताए । बजारमा रहेको म्याद गुर्जेका सामान बिक्रीवितरण गर्न कानुनी रूपमा नमिल्ने हुँदा धुलाचौर बजार अनुगमन पाटो तिव्र दिइरहेको छ ।

‎हरेक सामान म्याद गएको सामान ग्राहकलाई बेच्ने बजार व्यवसायीलाई कानुनी दायरा ल्याउने भएको छ । बजारमा अनुगमन गर्दा सुजी १ पाकेट फ्रुटी ११ वटा जिरा/धनिया २ पाकेट चक्लेट १ डिब्बा , चिउरा दिनामा ९ पाकेट पशु औषधि र किटनाशक औषधि सहित ७ हजार ५ सय बराबरको सामान जलाएर नष्ट गरिएको छ।IMG 20250926 172421 608 scaled

महिनाको एक पटक बजार अनुगमन गर्न गरेका छन । बजारका व्यवसायी गर्ने व्यापारीहरु आफ्नो पसल बाट सामानको म्याद गर्जेको सामान बिक्रीवितरण नगर्न दिने धुलाचौर बजार अनुगमन कार्य तिव्र रूपमा गरेको छन । काहिँ कतै म्याद नागेको सामान सेवाग्राही बिक्री गर्न पाएमा कानुनी प्रक्रिया अगाडि बढाउने गरि बजार अनुगमन गरिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताएका छन।

बजार अनुगमन हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की संयोजत्व बजार अनुगमन गरिएको हो । हिमाली गाउँपालिका प्रमुख प्रशासकीय कुलबहादुर थापा, धुलाचौर प्रहरी चौकी इन्चार्ज गणेश सिंह कुवार सहित पालिका कर्मचारीहरु धुलाचौर बजार अनुगमन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।

कमेन्टहरु