माओवादी बैठकमा नेताहरूको प्रस्तावबारे समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने

रासस
२०८२ अशोज १० | मध्यान्ह ०१:०६ बजे

काठमाडौं , असोज १०। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा आज जारि छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमा छलफल हुँदैछ ।
बिहीबार नै विभिन्न १० वटा समूह बनाएर छलफल गरिएको थियो । आज१० वटा समूहका टोली नेताहरूले धारणा राख्दैछन् । टोली नेताहरूको सुझावपछि प्रचण्डले जवाफ दिने कार्यक्रम छ । प्रचण्डले जवाफ दिएपछि बैठक शुक्रबार नै सक्ने तयारी गरिएको छ ।


















