नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक


काठमाडौँ, असोज १०। नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो।
नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको उहाँको भनाइ छ ।
नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा सरकारी निकायलाई एउटै कृत्रिम बुद्धिमत्ता (एआई) चालित डिजिटल मञ्चमार्फत सशक्त बनाउनु ग्लोबल डायरी निर्माणको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष शेखर अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न डिजिटल उपकरणमा छरिएका जानकारीको सट्टा, ग्लोबल डायरीमा प्रयोगकर्ताले आफ्नो परिचय, व्यवसाय पृष्ठ र व्यावसायिक विवरण सहजै व्यवस्थापन गर्न सक्छन् । ग्लोबल डायरीलाई सस्तो र विस्तारयोग्य (स्केलेबल) बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई पनि आधुनिक डिजिटल उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।
व्यक्तिहरूले आफ्नो सीप, उपलब्धिहरूको सङ्कलन (पोर्टफोलियो), उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन्, जसले नेटवर्क विस्तार, रोजगारी, र स्वतन्त्र पेसागत९फ्रिलान्स०अवसरहरू बढाउने हुँदा यसले प्रयोगकर्ताको सशक्तीकरण गर्ने बताइएको छ ।
साना व्यवसाय, नवउद्यम ९स्टार्टअप० तथा ठूला कम्पनीहरूले विपणन उपकरण, विश्लेषणात्मक सुविधा, ग्राहक संलग्नता प्रणाली, र भर्ती ९हायरिङ० मञ्चमार्फत प्रभावकारी रूपमा विस्तार गर्नसक्ने अध्यक्ष अर्याल बताउनुहुन्छ । साथै, देशमै विकास गरिएको डिजिटल मञ्चका रूपमा, यसले नेपालमा आधारित आवश्यकता, मापदण्ड र राष्ट्रियस्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने उहाँले जानकारी दिनुभयो ।
परम्परागत डिजिटल मञ्चले नेपाली प्रयोगकर्ता, व्यवसाय र सरकारी निकायलाई पर्ने वास्तविक समस्या समाधान गर्न सक्दैनन् तर ग्लोबल डायरीले भने देशभरका व्यक्तिहरू र व्यवसायलाई एउटै डिजिटल मञ्चमा जोडेर डिजिटल समावेशिता तथा नवप्रवर्तनको मार्ग खोल्नेछ । यसले करिब ६० प्रतिशतसम्म डिजिटल खर्च घटाउने, स्थानीय रोजगारीका अवसर, व्यक्तिगत रुचिअनुसारको खोज र भरपर्दो सम्पर्कको पहुँच बढाउने मात्र नभई केन्द्रीय व्यावसायिक तथ्याङ्क, डिजिटल समावेशीकरणमा सहयोग र विदेशी डिजिटल मञ्चमा जाने वार्षिक १५० मिलियन अमेरिकी डलरभन्दा बढीको विज्ञापन खर्च रोक्ने उहाँको दाबी छ ।
यस प्लेटफर्मले स्थानीयस्तरमै विकास र विश्व बजारसम्म पुग्ने क्षमता राख्नेछ । यस्तै सस्तो र सबैलाई समेट्ने खालको तथा केबल सुविधा दिने मात्र नभई वास्तविक समस्या समाधान गर्ने, समुदाय–केन्द्रित विकासलाई अगाडि बढाउने माध्यमका रुपमा लिइएको संस्थाले जनाएको छ । यसमा अन्य सामाजिक सञ्जालमा जस्तै व्यक्तिहरूले आफ्नो सीप, अनुभव, उपलब्धि र पोर्टफोलियो सजिलै प्रदर्शन गर्न सक्छन् भने साना व्यवसायदेखि ठूला कम्पनीसम्म आफ्ना सेवा र उत्पादनहरू डिजिटल रूपमा प्रस्तुत गर्न सक्छन् ।रासस
यस प्लेटफर्ममा एआई–चालित सुझाव प्रणाली भएकाले नेटवर्किङ, रोजगारी वा व्यवसाय वृद्धि लागि उपयुक्त अवसरहरू सिफारिस गर्न, व्यक्तिहरू, व्यवसाय र सरकारी निकायलाई एउटै प्लेटफर्ममा जोड्ने सुविधा प्राप्त गर्न सकिनुका साथै व्यवसायहरूका लागि डिजिटल मार्केटिङ, विज्ञापन, र ग्राहक संलग्नता उपकरण, व्यवसाय र व्यक्तिगत प्रोफाइलको प्रदर्शन, पहुँच र प्रभाव मूल्याङ्कन गर्ने सुविधा पनि प्राप्त गर्न सकिन्छ । सजिलै सम्पर्क, प्रोफाइल र सेवा साझा गर्न क्युआर कोड आदानप्रदान गर्न, व्यवसाय र व्यक्तिहरूले आफ्ना सेवा वा उत्पादनहरू सूचीबद्ध गर्न, नयाँ अवसर, समाचार वा सूचना सही समयमा प्राप्त हुने सुविधा उपलब्ध हुन सक्दछ ।























