बिश्व

अमेरिकाका पूर्व एफबीआई प्रमुख जेम्स कोमीमाथि दुई मुद्दा

एजेन्सी
२०८२ अशोज १० | बिहान ११:०६ बजे

वासिङ्टन डीसी । अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)का पूर्व प्रमुख जेम्स कोमीमाथि संवेदनशील जानकारीको खुलासासँग सम्बन्धित अपराधमा मुद्दा चलाइएको छ । ती मुद्दामा उनीमाथि झूटा बयान दिएको र न्यायमा बाधा पुर्‍याएको आरोप लगाइएको छ । कोमीमाथि ती अभियोग भर्जिनिया राज्यका सङ्घीय न्यायाधीशले चलाएका हुन् । कानुनभन्दा माथि कोही पनि नभएको अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले अभियोग घोषणा भएपछि बताए ।

यस हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा कोमी र अन्य धेरै राजनीतिक विरोधीहरू दोषी भएको र न्याय हुनुपर्ने बताएका थिए । आफू निर्दोष भएको भन्दै कोमीले सङ्घीय न्याय प्रणालीमाथि आफूलाई पूरै विश्वास भएको बताएका छन् ।

कोमीलाई ट्रम्पले २०१७ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा बर्खास्त गरेका थिए । त्यसपछि दुवै जना सार्वजनिक रूपमा झगडा गरिरहेका छन् ।
 

कमेन्टहरु