तस्कर

एक महिना ८ दिनमा सशस्त्र प्रहरीले गर्‍यो ४१ लाखको सामान बरामद

देवराजा यादव
२०८२ अशोज १० | बिहान ०७:०६ बजे

सुनसरी। सशस्त्र प्रहरीले एक महिना ९ दिनमा सुनसरीबाट झण्डै ४१ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरी र मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले एक महिना ८ दिनमा ४१ लाख १२ हजार ३ सय ६५ रुपैयाँको सामान बरामद गरेको हो ।

भाद्र १ गतेदेखि असोज ८ गतेसम्म कपडा, चिनी, कस्मेटिक तथा हार्डवेयरका सामान, माछा, सुर्ती लगायत ४१ लाख १२ हजार ३ सय ६५ रुपैयाँको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सशस्त्र प्रहरी सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

सुनसरी भन्सार मेनगेट, अमडुवा, हर्बोनी,साहेबगंज, कप्तानगंज घुस्की, बसनपुर,नं ४ गण, उल्टी, लौकही, श्रीपुर, लाही, हरिपुर, भुटाहा लगायतका स्थानहरुबाट भन्सार छली चोरी पैठारी भइरहेका सामान बरामद गरिएको उनले बताए । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालयमा पठाइसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ । त्यसैगरी भाद्र ५९.५ किलो र असोजमा १६ किलो गाजा कुल मिलाएर ७५.५ किलो गाजा बराम गरेको छ साथै औषध (गाजा) बरामद भएका र आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताए ।

कमेन्टहरु