मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

दशै विदामा शिक्षक, अभिभावक र विद्यार्थी संग अन्तरक्रिया घरदैलोमा

उमेश रोकाया
२०८२ अशोज ८ | मध्यान्ह ०९:०६ बजे

बाजुरा , असोज ८ । दशै विदा गरे संगै जनप्रकाश माध्यमिक विधालयले विद्यार्थीहरुको पठनपाठन तिव्र बनाउन गाउँ टोलमा शिक्षक, अभिभावक र विद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम सुरु गरिएको छ ।

घटस्थापना समय देखि कार्तिक ११ गतेसम्म दशै तिहारसम्म लामो सयम सम्म विदाको समयमा विद्यार्थीहरुलाई पनि घरमा बिहान बेलुका पढ्ने वातावरण बनाउनका लागि अभिभावक संग अनुरोध गर्ने गाउँ टोलमा अभिभावक संग राय सुझाव लिनका लागि घरदैलो अभियान कार्यक्रम सञ्चालन गरिएको छ ।

लामो सयमको विदामा घरमा विद्यार्थीहरुको पढाई वातावरणलाई निर्माण गर्ने विधालय तर्फबाट के गर्ने सकिन्छ । हामीले विशेषगरी गणित , अङ्ग्रेजी र विज्ञान विषय पढाउन चाहेपछी उपलब्ध शिक्षकहरुलाई पनि अलि पारिश्रमिक दिएर भएपनि पढाउनु लगाउने त्यसका लागि अभिभावक , विद्यार्थी र शिक्षकहरु संग बीच अन्तरक्रिया कार्यक्रम गरिएको जनप्रकाश माध्यमिक विधालय प्रधानाध्यापक जयलाल कार्कीले बताउनुभयो ।

बुढिनन्दा नगरपालिका -१ पिपलडाली गाउँबाट सुरु गरेर रावतबाडा , जंगसाल हुँदै कोल्टी चौरमा आम भेला गरेर अन्तरक्रिया सम्पन्न गरिएको छ । यसको मुख्य उद्देश्य विद्यार्थीहरुमा अहिले आफै पढ्ने आफै तयारी गर्ने बानी बसेको छैन । पठन संस्कृतीको पढ्ने बानी नभएको सो अध्ययन गर्ने पठन संस्कृतीको विकास गर्ने अभिभावक संग आफ्ना बच्चाहरु बारेमा के कस्तो छ , उहाँहरु संग अन्तरक्रिया गर्ने र विदाको समयलाई नानी बाबुहरुलाई पठनपाठन गराउनका लागि घरमा वातावरण कसरी गर्न सकिन्छ , विधालयले के गर्ने सकिन्छ भन्ने बारेमा छलफल गरिएको छ ।

‎अन्य समयमा पनि बालबच्चाहरुका लागि अभिभावक , विधालय , शिक्षक र विद्यार्थीहरुको के भुमिका हुन्छ भन्ने बारेमा अभिभावक संग राय सुझाव लिनका लागि जनप्रकाश माध्यमिक विधालयले आयोजना गरिएको हो । विधालयको सेवा क्षेत्र बुढिनन्दा नगरपालिका भरी बाहिर पनी सकियो भन्ने पालिकाहरुमा अभिभावक, पालिका सरकार र शिक्षा युवा तथा खेलकुद शाखा संग समन्वय गरेर एक दिने अभिभावक संग अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

‎हिमाली गाउँपालिका धुलाचौर, जगन्नाथ गाउँपालिका जुड्ढी र स्वामीकार्तिक खापर गाउँपालिका सुइजिउलामा गर्ने सोचमा छौँ । विदा अवधिभर यो अभियान चलीरहन्छ । गाउँ टोलमा कती छन सबैलाई भेला गर्ने उहाँहरुमा कुरा बुझ्ने के कस्तो हुन्छ केटाकेटीहरुलाई विदाको समयमा बिग्रेन नदिन प्रत्येक दिन नियमित पढ्न लगाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको प्रधानाध्यापक कार्कीले बताउनुभयो ।

कमेन्टहरु