कावासोतीमा श्रीमानद्वारा धारिलो हतियार(चक्कु)प्रहारबाट श्रीमतीको हत्या

नवलपुर टुडे
२०८२ अशोज ८ | मध्यान्ह ०८:०६ बजे

कावासोती, असोज ८ । नवलपुरमा श्रीमानले धारिलो हतियार (चक्कु) प्रहार गरी श्रीमतीको हत्या गरेका छन । कावासोती नगरपालिका- ८ सगरमाथा टोल बस्ने बर्ष ४२ को सुर्य प्रसाद पाण्डेले घरायसी बिबादका कारण धारिलो हतियार(चक्कु)ले श्रीमतीको शरीरको विभिन्न भागमा प्रहार गरी घाईते बनाएका थिए ।
घाईते श्रीमती बर्ष ३७ की संगिता पौडेल पाण्डेलाई तत्काल उपचारका लागि ११ जनाको प्रहरी टोलीले उद्दार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा उपचारका लागि पुर्याएको थियो । उनको उपचारको क्रममा ७:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले नवलपुर टुडेलाई जानकारी दिए ।
हाल श्रीमान सुर्य प्रसाद पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिईको छ ।























