देश

गौडको संयोजकत्वमा ४१ सदस्यिय टोल समिति गठन

जगत ठाडा मगर
२०७८ साउन १६ | मध्यान्ह ०९:०४ बजे

उर्मिला यादव यात्री
बुटवल । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नंम्बर १ बर्गदहिमा सुरेश प्रसाद गौडको संयोजकत्वमा आज शनिवार ४१ सदस्यिय टोल समिति गठन गरीएको छ ।

IMG 20210731 213611 658

जसको उपाध्यक्षमा इब्राहीम , सचिवमा गृजेश कहाँर , सहसचिवमा अरबाज अलि र कोषाध्यक्षमा जगदिश कहाँर रहनु भएको छ । यस्तै गरी सदस्यमा जितेन्द्र कुर्मी , राधा देवी मिश्रा, संगीत विश्वकर्मा, सन्तोष कुर्मी , कृष्ण मिश्रा र माजहर धुनिया रहनु भएको छ ।

जनमत पार्टी जिल्ला वरिष्ठ सल्लाहकार एवम जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीको अध्यक्षता तथा चन्दकुमार सिंहको प्रमुख आथित्यतामा समिती गठन गरीएको हो । कार्यक्रममा जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष चौधरीले नव गठित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै धेरै पार्टीले देशको जनतालाई झुटो आश्वासन दिँदै आएको र मधेशका जनता अहिले सम्म पनि आफ्नो हकअधिकार नपाएको गुनासो गर्नु भएको थियो ।

IMG 20210731 213613 353

उहाले अब मधेशमा जनमत पार्टी डा.सिके राउत बाहेक कुनै विकल्प नरहेको समेत दाबी गर्नु भएको छ ।चौधरीले ७० वर्ष देखि पालैपालो सबै पार्टी सरकार बनाउँदै आएको तर मधेसी जनताको हकअधिकारको लागी आवाज उठाउने राजेन्द्र महतो उपेन्द्र यादव लगायतका नेताहरुको मुख शासकवर्गहरुले कुर्सी र पैसाबाट थुन्दिएको आरोप लगाउनु भएको छ ।

IMG 20210731 213615 526

उहाले अब आउने दिनहरुमा यस्ता विकाउ नेताहरुको मधेशमा कुनै स्थान नरहेको पनि जनमत पार्टीको दाबी रहेको जोड दिनु भएको छ । यस्तै गरि कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २७ जना जनमत पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा पप्पु खान, नबि अनसरी लगायत २ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

IMG 20210731 213618 532

कमेन्टहरु