शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता हुदैनः प्रहरी उपरीक्षक कटवाल

रासस
२०८२ अशोज ८ | बिहान ११:०६ बजे

विराटनगर, असोज ८। मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ । मोरङ जिल्लामा सरुवा भएपछि आज यहाँस्थित सञ्चारकर्मीहरुसँगको भेटघाटमा प्रहरी उपरीक्षक कटवाले जल्लामा अमनचयन कायम गरी आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरी उपरीक्षक कटवालले विगतका घटनाक्रमबाट पाठ सिकेर प्रहरी सङ्गठन अघि बढ्ने विश्वास दिलाउँदै देश र जनताको पक्षमा अहोरात्र खटिने सुरक्षा संयन्त्रलाई सञ्चारकर्मीसहित समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।


















