मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
राजेन्द्र शाही स्मृति अक्षय कोष द्वारा एसईई उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण


बाजुरा , असोज ०७ । बाजुरा जिल्लाको पुर्वी क्षेत्र पर्ने हिमाली गाउँपालिका -७ बाँधु गाउँमा जन्मेका राजेन्द्र बहादुर शाहीको स्मृति अक्षयकोष द्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेको हो ।
जनता माध्यमिक विधालयमा २०८१ को एस.ई.ई. परिक्षामा उत्कृष्ट जिपिए ल्याउने तिन जना विद्यार्थीहरुलाई राजेन्द्र बहादुर शाही अक्षयकोष द्वारा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरिएको स्वर्गीय शाहीका छोरा तपेन्द्र शाहीले बताउनुभयो ।
एस.ई.ई. उत्कृष्ट जिपिए ल्याउने किशोर रोकायालाई रु.७ हजार दिलिप तिमिल्सिनालाई ५ हजार र उर्मिला उपाध्यालाई रु. २ हजार पुरस्कार हस्तान्तरण गरिएको छ । प्रत्येक वर्ष विधालय वार्षिकोत्सब तथा राजेन्द्र बहादुर शाही स्मृति अवसरमा एस.ई.ई. उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार दिइने भएको छ ।
विद्यालयमा अध्ययनरत जेहेन्दार विपन्न विद्यार्थीलाई छनोट बुबाको हरेक वर्ष असोज ७ गते जन्मदिनको दिन पुरस्कार वितरण गर्ने भएको छ । दाजु उत्तम शाही र आफ्नो वार्षिक पारिश्रमिकको ब्याजदरबाट प्रत्येक वर्ष अक्षय कोषलाई सहयोग गर्ने तपेन्द्र शाहीले बताए ।
जनता माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाको राजेन्द्र बहादुर शाही स्मृति अक्षय कोष स्थापना गरेको हो । नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी उपसभापति तथा शान्ति समिति बाजुराका पुर्व संयोजक राजेन्द्र बहादुर शाहीको जन्मोत्सवमा पुरस्कार विवरण गर्ने गरी अक्षय कोष स्थापना गरिएको छ । २०१५ साल असोज ७ गते बाँधु गाउँ विकास समितिको बाँधुमा जन्मेका शाहीको पार्टीको कामको शिलशिलामा मार्तडी गाविसको रजातोलीमा २०६८ माघ २२ गते निधन भएको थियो ।
कार्यक्रमका अध्यक्षता विधालय ब्यबस्थापन अध्यक्ष दिपचन्द्र उपाधयाय प्रमुख अतिथी हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल र राजेन्द्र बहादुर शाही स्मृति अक्ष कोश संस्थापक सदस्य भुबनेश्वरी शाही सहित उपस्थितिमा पुरस्कार वितरण गरिएको हो ।























