कल्पना परियार त्रिभुवन आर्मी क्लबबाट सुटिङमा चौथो खेलाडीको रूपमा छनौट
kushal
२०७८ साउन १६ | मध्यान्ह ०६:०४ बजे

बिनोद मण्डल
सिराहा । साविक गाउँविकास समिति विष्णुपुरकटटी ४ कुमराहा तथा हाल धनगढीमाई १३ का हजुरबा मानबहादुर परियार, बुबा ५५ वर्षिय अशोक परियार, आमा शकुन्तला परियारको दुई छोरी मध्ये कल्पना परियार जेठी छोरी हुन ।
त्रिभुवन आर्मी क्लबबाट सुटिङमा प्रवेश गरेकी कल्पना परियार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर खेल खेलिसकेकी खेलाडी हुन् ।
उनले इन्डोनेसिया, कतार, चाइना लगायतका देशमा सुटिङमा खेली जापानको टोकियोमा सन्
२०२१ मा नेपालबाट सहभागी हुने चौथो खेलाडीको रूपमा छनौट भएकी थिइन् ।
खेलमा अत्यन्त रुचि राख्ने कल्पनाका बुबा धनगढीमाई १४ को विहिबारेदेखि स्थानिय जिरोमाइल बजारसम्म नियमित अटो चलाउने ग्रामीण क्षेत्रका बासिन्दा हुन् । छोरीको जीतले आफूलाई खुशी बनाएको उनको कथन छ ।






















