मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

मार्तडी कोल्टी अवरुद्ध सडक बुढिनन्दा द्वारा डोजर सञ्चालन

उमेश रोकाया
२०८२ अशोज ६ | मध्यान्ह ०२:०६ बजे

‎बाजुरा , असोज ६ । बाजुराको चार महिनादेखि मार्तडी कोल्टी सडक अवरुद्ध सुचारु गर्न बुढिनन्दा नगरपालिकाले डोजर चालू गरिएको छ । बाजुरेली जनताले मार्तडी कोल्टी जिप आवातजावत गर्नका लागि पाँच वटा गाडी फेर्नु पर्ने बाध्यता रहेकोे छ ।

‎दशैंकाे मुखमा जीपकाे यात्रा गर्नुपर्ने कुन्नाबासीकाे दर्दनाक पीडालाई आत्मसात गरेर मनसुन अलि कम हुने बित्तिकै बडीमालिका नगरपालिका, भाैतिक पुर्वाधार कार्यालय साँफेकाे सहकार्यमा रजाताेली र जिल्लीकाे पहिराे सफा गरेर सडक सुचारू गर्न बुढीनन्दा नगरपालिकाकाे मेसिन पठाएको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

बुढीनन्दा नगरपालिकाका लागि मात्रै हाेईन दशैमा स्वदेश तथा विदेश बाट घर आउने हुम्ला, मुगु, कालिकोट र बाजुरा जिल्ला सहित १७ वटा पालिकाका गरीव विपन्न जनताकाे सुविधा हुने भएको छ ।

बुढीनन्दा नगरपालिकामा कहाँ के गर्नुपर्छ कसरी गर्नुपर्छ हामी गर्न सकिने काम गरिरहेका छौँ । बुढिनन्दा नगरपालिका – ४ कुरु र घाेडाकाेट लगायत ठाउँमा संधै हामीले पहिलाे प्राथमिकतामा राखेर बर्षात पछि लगत्तै बाटाे सुचारु गरेर मात्र अन्य वडाहरुमा पठाउने गरेका नगर प्रमुख बोहराले बताउनुभयो ।

कुन्नाबासीकाे मुल सडक मार्तडी काेल्टी जाेड्ने बाटाे खाेल्नै पर्छ भनेर मेसिन पठाएकाे हाे । अब तत्काल बस सेवा पनि संचालन गर्नुपर्छ । त्यसपछि सबै वडामा बाटाे मर्मत सुचारु गरिनेछ । कुन्नाबासीकाे समस्यालाई गंभीरताका साथ लिएर नै हामीले पहल कदम अगाडि बढाएको हो । धनगढी, नेपालगंज र महेन्द्रनगरबाट काेल्टीमा बस सेवा पुनः संचालन अब केही दिनमा सुचारु हुनेगरी लागिएको नगरपालिकाले जनाएको छ ।

कमेन्टहरु