नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

जगत ठाडा मगर
२०७८ साउन १६ | मध्यान्ह ०५:०४ बजे

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
उनले अध्यक्ष ओलीले विघटित कार्यदलको प्रगति विवरण सुनेर आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए ।
एमाले उपाध्यक्ष वामदेव गौतमले भने विघटित कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नका लागि समय मागेपछि बैठक स्थगित भएको जानकारी दिए । आइतबार ३ बजेसम्म विवादको निचोड निकाल्ने गरी प्रयास हुने गौतमले बताए ।






















