मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
स्व.राजेन्द्र शाहीको जन्मोत्सवमा जनता मावि अक्षय कोष स्थापना


बाजुरा , असोज ५ । नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी उपसभापति तथा शान्ति समिति बाजुराका पुर्व संयोजक राजेन्द्र बहादुर शाहीको जन्मोत्सवमा पुरस्कार विवरण गर्ने गरी अक्षय कोष स्थापना गरिएको छ । २०१५ साल असोज ७ गते बाँधु गाउँ विकास समितिको बाधुमा जन्म भएका शाहीको पार्टीको कामको शिलशिलामा तत्कालिन मार्तडी गाविसको रजातोलीमा २०६८ माघ २२ गते निधन भएको थियो ।
शाहीको स्वर्गारोहण भएको १४ वर्षपछि शाहीका छोरा उत्तम शाही र तपेन्द्र शाहीले हिमाली गाउँपालिकाको वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षय कोष स्थापना गरेको स्वर्गीय शाहीका छोरा तपेन्द्र शाहीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार उनको जन्मदिनको अवसरमा हरेक वर्ष विद्यालयमा अध्ययय गर्दै आएका छात्रालाई एसइइमा उत्कृष्ठ अंक ल्याउने पहिलो दोस्रो र तेस्रो विद्यार्थीलाई जनही सात हजार, पाँच हजार र तीन हजार पुरस्कार वितरण गरिने बताए ।
विद्यालयमा अध्ययनरत जेहेन्दार विपन्न विद्यार्थीलाई छनोट बुबाको हरेक वर्ष असोज ७ गते जन्मदिनको दिन पुरस्कार वितरण गर्ने शाहीको भनाई रहेको छ । दाजु उत्तम शाही र आफ्नो वार्षिक पारिश्रमिकको ब्याजदरबाट प्रत्येक वर्ष अक्षय कोषलाई सहयोग गर्ने तपेन्द्र शाहीले बताए ।
नेपाली काँग्रेसका पुर्व उपसभापति तथा शान्ति समितिका संयोजक रहेका शाहीको नेपाली काँग्रेस साविकको मार्तडी गाविसले रजातोलीमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर सोही दिन काँग्रेस नेता धनलाल पाध्यायको घरमा बास बसेका थिए ।
सोही दिन एक्कासी विरामी भएपछि उपचारका लागि जिल्ला सदरमुकाम मार्तडी ल्याउन नसक्दा पाध्यायको घरमा शाहीको निधन भएको थियो । पार्टीको काममा लगनशिल र पार्टीको एक सिपाही गुमाएकोमा पार्टीलाई क्षती पुगेको जनाउदै आएको छ । स्वर्गी शाहीका छोरा उत्तम शाही हाल नेपाल सरकारको स्थायी जागिरे छन् । भने उनका कान्छा छोरा तपेन्द्र शाही २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षको टिकट पाएर हाल निर्वाचित हिमाली गाउँपालिका ७ का वडा अध्यक्ष बनेका छन् ।























