पत्रकार मनोरञ्जन शर्माको निधन

नवलपुर टुडे
२०८२ अशोज ५ | बिहान ०८:०६ बजे

रुपन्देही । पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ। क्यान्सर रोगबाट पीडित शर्माको शनिबार अपराह्न भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। शर्मा पाल्पाबाट रुपन्देही आएर लामो समय सक्रिय पत्रकारितामा रहेका थिए ।
३ दशक पत्रकारिता गरेका पत्रकार शर्मालाई केही वर्षअघि क्यान्सर रोग देखा परेको थियो। उनको नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको थियो।
पत्रकार शर्मा खेल तथा आर्थिक क्षेत्रमा लामो समयदेखि निरन्तर काम गर्दै आएका थिए। शर्माका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आज बिहान पाल्पाको राम्दीमा अन्त्येष्टि गरिने भएको छ।























