स्थापना दिवसको अवसरमा सर्लाही प्रवासी सेवा समाज कतारको शुभकामना अदान प्रदान सम्पन्न


दोहा। सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष प्रकाश आले मगरको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि , पत्रकार कलाकार लगायतको उपस्थिती रहेको थियो।
सर्लाही प्रवासीहरुको चाहना , सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्थाले १६ औ वर्ष पार गरि १७ औ वर्षमा प्रवेश गरेको अवसरमा हिन्दु धर्मावलम्बीलेहरुको महान पर्व विजया दशमी दिवापली तथा छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान गरि स्थापना दिवस मनाएको हो। कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा रहेको २०२५-०२५ कार्यकालका सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान पत्रले सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पन्थीले सर्लाही प्रवासी सेवा समाजको १७ औ स्थापना दिवस लगायत विभिन्न दशै दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक पनि मनाएको थियो।जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै गत भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए।
आन्दोलनका क्रममा हालसम्म ७० जना भन्दा बढीको मृत्यु भएको छ। विधिवत रूपमा सुरुवात भएको कार्यक्रमलाई संस्थाको उपाध्यक्ष बाबुलाल महतोले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सप्पन्न गर्दै सभापति मगरले संस्थाको निमन्त्रणा सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरुमा धन्यवाद ज्ञापन गर्दै दशै दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।संस्थाका महासचिव नैन भुजेलले सहजीकरण गरेको थियो।























