जिल्लाकै पहिलो चमार समुदायका डा.सम्मानित


बुटवल । रुपन्देही जिल्ला कै पहिलो चमार समुदायबाट नेपाल सरकारको पुर्ण छात्रबृत्तिमा सफलता पुर्बक पास गर्नुभएका ओमसतिया गा.पा.का डाक्टर मणिराम चमार सम्मानित हुनुभएको छ । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालले एक कार्यक्रमको आयोजना गरि डा.चमारलाई सम्मान गरेको हो ।
जिल्लाकै चमार समाजसेबी हरिद्वार चमारको बिशेष संयोजन तथा रोहिणी गापाकी उपमेयर शिवकान्ती चमारको सहयोगमा भएको कार्यक्रममा चमार समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले देशकै पिधंमा रहेका चमार समुदायलाई राज्यले शिक्षामा लगानी गरेर सबै भन्दा बढि पुन्यको कार्य गरेको र दलित चमार आन्दोलनको अक महत्वपुर्ण सफलता रहेको बताएका थिए । मणिराम चमार रुपन्देही जिल्लामै पहिलो चमार समुदायबाट डाक्टर बनेकाले आफुहरु लगाएत सारा जिल्लाकै नाम रोशन गरेको र गाउको बनोबल बढेको समाजका अध्यक्ष चमारको भनाई थियो ।
नेपाल सरकारले हाल चमार , डोम र मुसहर समुदायलाई उच्च शिक्षाका नाममा बिशेष लगानी गर्दै उनिहरुको जिवन उकास्ने कार्य गरिरहेको छ । समाजका प्रदेश सदस्य दिपक चमार ज्युको संचालनमा भएको सम्मान कार्यक्रममा डाक्टर मणिरामका बुवालाई समेत सम्मान गरिएको थियो । चमार कल्याण समाज नेपाल रोहिणी -६ का वडाध्यक्ष धिरेन्द्र चमार , ओमसतिया गापाका प्रतिनिधी आसोक चमार , संजय चमार लगाएतले डाक्टर चमारलाई सम्मान गर्नु भएको थियो ।























