मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा तीन दलले संयुक्त संविधान दिवस मनाए

उमेश रोकाया
२०८२ अशोज ३ | मध्यान्ह ०७:०६ बजे

‎बाजुरा , असोज ३ । जिल्लाका तीन दलले संविधान जारी भएको एक दशकपछि संयुक्त रुपमा संविधान दिवस मनाएका छन् । जेन जी आन्दोलनपछि दलहरुले पहिलो पटक संविधान दिवस संयुक्त रुपमा मनाएका हुन् ।

‎प्रमुख दलका रुपमा रहेको नेपाली काँग्रेस,नेकपा एमाले र नेकपा एकिकृत समाजवादी पार्टी  बाजुराले संयुक्त आयोजना गर्दै संविधान दिवस मनाएको नेपाली हो ।

जिल्ला सदरमुकाम मार्तडीको बजार परिक्रमा गर्दे नाराबाजी सहित संविधानको रक्षा गरौ,लोतान्त्रिक गणतन्त्र जिन्दावाद लगायतका नागार लगाउँदै संविधान दिवस मनाइएको नेपाली काँग्रेस बाजुराका उप सभापति पदम बडुवालले जानकारी दिएका छन् ।

संविधान दिवसको अवसरमा तीन दलहरुले राष्ट्रिय राजनितिमा नेतृत्व गर्ने नेपाली काँग्रेस,नेकपा एमाले सहितका दलहरु जेन जी आन्दोलनमा भएको घटनाको माफी मागेर सच्चिन आग्रह गरिएको छ । जेन जीहरुले उठाएका भ्रष्टाचार र संविधान संशोधनको माग सही भएकाले शिर्ष नेताहरुले सच्चिएर देशको संविधानको रक्षा र सही कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

अहिले संविधान कार्यान्वयमा रहेकाले देशमा आएको विषम परिस्थितिलाई मध्येनजर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चलाएको कदम सही भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले संविधानको रक्षा र संविधान बचाउने कार्य गरेको प्रशंसा समेत गरेका छन् । नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतमा संचालन भएको कार्यक्रममा नेकपा समाजवादीका  बाजुराका अध्यक्ष पुर बहादुर रावत, नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, नेकपा एमाले बाजुराका उपाध्यक्ष जनक कुमार बोहरा सहित सहभागिता थिए ।

कमेन्टहरु