काठमाडौंमा माधब पक्षका युवाहरू देखेपछि जिल परे महेश बस्नेत, बालकोटमा ओलीलाई तनाब


काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ‘अखिल फोर्स’को काठमाडौको र्याली देखिपछी खड्गप्रसाद ओली समूह चकित परेको छ ।
शनिबार अखिल फोर्सले मोटरसाइकल र्यालीसहित आफ्नो शक्ति देखाएको हो । फोर्सले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ । भेलालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन र सम्बोधन गरेका छन् ।
ओली समूहका नेता महेश बस्नेतले युथ फोर्स ब्यूँताएपछि त्यसलाई काउन्टर दिन नेपाल समूहले अखिल फोर्स बनाएको थियो । महेश बस्नेतको युथ फोर्समा भन्दा अखिल फोर्समा सम्भावना बोकेका असल युवाहरू संलग्न छन् । महेश बस्नेतको युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल र्यालीकै शैलीमा वरिष्ठ नेता नेपाल समूहको अखिल फोर्सले शक्ति प्रदर्शन गरेर बालकोटलाई तनाब दिएको छ ।
नेपाल समूहको अनेरास्ववियुका केन्द्रीय सचिव अशोक थापाका भेलाअघि भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्याली गरिएको जानकारी दिएका छन् ।नेपाल पक्षले आफू कमजोर नरहेको सन्देश दिने गरी काठमाडौंमा मोटरसाइकल र्याली गरेको जनाएको छ ।
एमालेमा विवाद बढ्दै जाँदा ओली पक्षले युथ फोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ । नेपाल समूहले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्सलाई सक्रिय बनाएको छ । एमाले सत्ताबाट बाहिरिएसँगै यी बाहुबली संगठनहरूलाई दुवै पक्षले सक्रिय बनाएका हुन् ।






















