मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
युवाको सक्रियतामा सरसफाइ कार्यक्रम


बाजुरा , असोज ३ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका -६ पाँडी गाउँमा युवाको सक्रियताले सार्बजनिक ठाउँमा सरसफाइ कार्यक्रम गरिएको छ । गाउँका युवाहरूको विशेष नेतृत्वहरुबाट गाउँका बालबालिका र युवाहरु हातेमालो गरेर सरसफाइ अभियान कार्यक्रम गरिएको हो ।
गाउँमा फोहोर भएर दुर्गन्धित अवस्था रहेको थियो । सार्बजनिक स्थल धारामा रहेको फोहोरले असर पर्ने हुँदा धारा सहित गाउँमा फोहोर टिपेर एक ठाउँमा जलाउने भन्ने उद्देश्यले लागेको गाउँका युवा देवराज रावलले बताउनुभयो ।
युवाको नेतृत्वमा रहेर यो सरसफाइ कार्यक्रम सक्रिय भएर आज बिहान गरिएको छ । समाज सुधार गर्न युवा स्वयम् आफै सुधार भएर बल्ल गाउँ समाज केहि परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबले लागेका हौं ।
पहिला भन्दा अहिले सफा सुन्दर देखिरहेको छ । गाउँमा रहेको फोहोर संकलन गरेर जम्मा गरि अहिले एकै ठाउँमा थुपार्ने गरेको छ । कुहिने फोहोर खाल्डामा हालेको छ । नकुहिने फोहोर एक ठाउँमा राखेर आगो लगाएर नष्ट गरिएको रावलले बताउनुभयो ।
गाउँ टोललाई मध्यनजर गरेर फोहोर वातावरण कस्तो असर पार्छ । विभिन्न ठाउँमा कुहिने र नकुहिने फोहोर सार्वजनिक स्थल पानी पधेरो एकदम फोहोर लागि रहेको थियोे । त्यसलाई नियन्त्रण गर्नुपर्छ , सफा राख्नुपर्छ भन्ने हिसाबले युवाहरूको सक्रियता सरसफाइ अभियान कार्यक्रम गरिएको हो ।
गाउँमा कोही कसैले सरसफाइ चासो नदिएको देख्दा हामी युवा जाग्नु पर्छ । हाम्रो ठाउँ हामीले बनाउनुपर्छ , भन्ने सोचले २/३ घण्टा गाउँमा सरसफाइ गरिएको थियोे । सार्बजनिक ठाउँ चौतारा , धारा सहित गाउँ घरको घरदैलो फोहोर हटाउन युवा पंक्ति नेतृत्वले गर्दा सरसफाइ कार्यक्रम जुटेको युवा सूर्य भण्डारीले बताउनुभयो ।
युवा र बालबालिका अग्रसरताले बाटोमा रहेको झार , कागज र जथाभावी फालिएको फोहोरलाई सरसफाइ गर्दा धेरै सुधार आएको छ । आगामी दिनमा समय अनुकूल अनुसार सकभर हप्ता नभए महिनाको एक पटक गाउँमा सरसफाइ अभियान सञ्चालन गर्ने भण्डारीले जनाएको छ ।























