देश

विमलेन्द्र, प्रकाशमान र सशांकबीच चाक्सीबारीमा भेटवार्ता

जगत ठाडा मगर
२०७८ साउन १६ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार सामुहिक छलफल भएको छ ।

नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेटवार्ता भएको हो । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै गर्दा फेरि भेटघाट शुरु गरेका हुन् ।

उनीहरुबीच के कुराकानी भयो भन्ने विषय सार्वजनिक रुपमा खुलाएको छैन । नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघिको भेटका क्रममा उनीहरुले आफूहरु तीन जनामध्ये कुनै एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

कमेन्टहरु