कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

रासस
२०८२ अशोज ३ | मध्यान्ह ०१:०६ बजे

पाटन (ललितपुर), असोज ३। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो ।


















