मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

काँग्रेस बाजुराले मनायो संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस

उमेश रोकाया
२०८२ अशोज २ | मध्यान्ह ०८:०६ बजे

‎बाजुरा , असोज २ । नेपाली काँग्रेस बाजुराले नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाएको छ । दिवसको अवसरमा काँग्रेस बाजुराले विपि स्मृती भवनमा गणेशमान सिंहको शालिकमा माल्यार्पण गरि दिवस मनाईको हो ।

उहाँको सम्झनामा काँग्रेस बाजुराका सभापती रामसिंह रावल, उपसभापती पदम बडुवाल, काँग्रेस प्रदेश समिती सदस्य तथा प्रचार,प्रसार विभाग प्रमुख धनराज पण्डित,काँग्रेस बडीमालिका नगरसभापती गोपाल कार्की लगायतले शालिकमा माल्यार्पण गर्नुभएको हो ।

उहाँको स्मृतीमा पार्टीका नेता तथा कार्यकर्ता,भातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्र्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ ।

‎१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहले ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अफर पनि अस्वीकार गरेका थिए ।

१९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

कमेन्टहरु