देश

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

जगत ठाडा मगर
२०७८ साउन १६ | मध्यान्ह ०४:०४ बजे

काठमाण्डाै । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हाे ।

यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहनुभएको थियो । आजको बैठकमा महन्थ ठाकुर पक्षका केही सांसद भने उपस्थित भएका थिएनन् ।

यसअघि जसपमा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्कालाई कारबाही गर्दै आ–आफ्नै नेता चयन गरेका थिए । तर निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि आधिकारिक रुपमा संसदीय दलको नेतामा उपेन्द्र यादब चयन भएको छ ।

कमेन्टहरु