प्रबास

पाकिस्तान र साउदीको रक्षा सम्झौतामा बोल्यो भारत

एजेन्सी
२०८२ अशोज २ | मध्यान्ह ०२:०६ बजे

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधवार ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ मा हस्ताक्षर गरेका छन्। यो सम्झौताअनुसार दुवै देशमध्ये कुनै एकमाथि आक्रमण भए दुवैमाथि आक्रमण मानिनेछ।यो सम्झौता शरीफको साउदी अरेबिया भ्रमणका क्रममा भएको हो।

रियादको अल-यामामा दरबारमा मोहम्मद बिन सलमानले शरीफलाई स्वागत गरेका थिए। भेटमा दुई देशबिचको सम्बन्ध बलियो बनाउने विषयमा छलफल भयो।पाकिस्तानका विदेशमन्त्री इशाक डारले सामाजिक सञ्जालमा लेखे, ‘दुई देशबिच ८० वर्ष पुरानो सम्बन्ध छ, जुन भ्रातृत्व, इस्लामिक एकता र रणनीतिक सहयोगमा आधारित छ।’ उनले सम्झौताको उद्देश्य रक्षा सहयोग बढाउन र क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्नु भएको बताए।

जवाफमा भारतले  प्रवक्ता रणधीर जयसवालले भने, ‘हामीले साउदी अरेबिया र पाकिस्तानबिच रणनीतिक रक्षा सम्झौता भएको समाचार देखेका छौँ। दुई देशबिचको सम्बन्ध औपचारिक बनाउने यो कदम विचाराधीन थियो। हामी यसको प्रभाव राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामा अध्ययन गर्नेछौँ। भारत आफ्नो राष्ट्रिय हित र सुरक्षाप्रति प्रतिबद्ध छ।’

कमेन्टहरु