थाङ्मि, थामी र थम्बुमा के भिनाता छ? (पूरा पढ्नु होला)


काठमाडौ । सबै भन्दा सुरुमा हामी थामी यलमर थम्बु राजाको सन्तान हौ । गतिहाङ थम्बु राजाको पालामा काठमाडौमा लिच्छवि राजाहरुले हरायो र हाम्रो पुर्खाहरु धेरैलाई मारे बाँकी रहेकोहरु अरु थरी लेखेर काठमाडौ तिर नै बसेको किब्दन्ती छ ।
ठिमी राज्यबाट भागेर सुबिदाङ थम्बु र बसुदाङ थम्बु पुर्खा सिम्राङघाट क्रुम्राङघाट पुग्छ । त्यहाँबाट तामाकोसी पछ्याउँदै तामाकोसी दोल्ति खोलाको दुई किनारै किनार भएर उकेखेलाउदै सुबिदाङ आउँछ । नाङैको धागो बुन्दै बसुदाङ आउँछ । नागदाह तल तामाकोसी खोलामा आइपुग्दा दुबै जान भेटघाट हुन्छ र दोलखाको किरातिछापमा बसोबास सुरु गर्छ ।
सुबिदाङ र बसुदाङको छोरा हाइहाइ थम्बु र पतरङ्गी थम्बु राजा धेरै शक्तिसाली भएर जन्मिएको हुन्छ । त्यो ठाउँको मानिसहरुले हाइहाइ थम्बुलाई राजा घोषणा गरि राज्य संचालन गर्छ । त्यो ठाउँमा पनि खान्डुक राजा संग युद्ध हुन्छ त्यस ठाउँबाट आफ्नो सन्तानलाई चारै तिर पठाउछ ।
हाइहाइ राजाको सन्तान आल्म्पु बिगु, थामिचागु, क्याङपोल ,ब्योङपा, बाबरे, बन्चरे,लापिलाङ सम्म पठाउछ भने पतरङ्गी राजाको सन्तानलाई सुस्पा, छेमावती, दामाराङ, कटुवाचौर, सुनखानी, बसिङपा, पहरे आदि धेरै ठाउँमा बसोबास गराउछन ।
धेरै बर्षपछि आल्म्पुको ढुङ्गा खानीबाट ढुङ्गा ओसारपसार गर्ने क्रममा नाग्दह भन्ने ठाउँमा आल्म्पुको थामीहरुले खाना पकाउने चुलोमा ढिडो जति पकायो तेति पोखी रहदा दाबिलोले हान्दा रगत आउँछ र केही भाकल गरि दोलखामा झोलामा बोकी ल्याउछ, पछि जाड खायर आउँछ त्यो ढुङ्गा बोक्न नसक्ने हुन्छ र तेहि ठाउँमा भुमेथान स्थापना गराउछ । समय बित्दै गएपछि त्यस ठाउँलाई भिम्सेन्थानको नामले दोलखाको नेकारी राजाले घोषण गर्छ र पुजारी नजिकैको थम्बुहरुलाई थानमि पद दिइ पुजारी बनाउछ ।
केही बर्ष पछि धेरै भेटि र आम्दानी बढेपछि दोलखाको नेवारी राजाले पुजारी थानमिहरु हटाई दिन्छ अनि पुजारी (थानमी) थान+ मि थान भन्नाले भिमसिन थान मि भन्नाले पुजारी अर्थ लाग्ने भएपछि थानमी पद लेख्न नपाउने उर्दि हुन्छ । उनिहरुले डोक्थेलि दामाराङ सुस्पा तिर ढुङ्गा जम्मा गरि शाखा भिमसेनथान स्थापना गरि थामी सम्म पुजारीको पहिचान कायम गराउछ ।
राणा शासनको बेला चरिकोट प्रशासनबाट दुई चार जना थामी अगुवा बोलाइ अब सबै थम्बुहरुले थम्बु लेख्न र भन्न पाउदैन सबैले थामी लेख र भन्नु भनी हुइप जारी हुन्छ । र तेहि मुताबिक सबै थम्बुहरुले थामी लेख्यो, भन्यो, सुनायो, सुन्यो त्यसपछि थामी भाषा अनुसारको अप्रभम्स हुँदै खाम गर्दा अर्थात कुरा गर्दा थाङुनादु र माथाङ भन्दा थाङुन्दु भन्दै ल नाङेगुरि नारी था भनी थाङ्मी पद दिई नारी प्रथा दोलखाको भिमसेनथाानको इतिहासमा भेटिन्छ ।
वास्तवमा थानमि पुजारी पदबाट खसेको नाम थामी हो भने, नारी प्रथाबाट सुरु भएको पद थाङमी हो । अब भन्नू पर्दा सबै पहिलेको थम्बुहरु थामी हुन सबै नारी र थामीहरुबाट आको पद थामी जात अर्थात समुदाय होइन ।
इतिहास खोज अनुसन्धान कर्ता
सन्तोष ठान्टी थाङ्मी






















