नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा (सूचीसहित)

नवलपुर टुडे
२०८२ अशोज २ | बिहान १०:०६ बजे

काठमाडौँ । नेपाल प्रहरीले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। यो सरुवा भदौ ३१ गतेको निर्णयअनुसार असोज १ गतेदेखि लागू भएको हो।
अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखामा रहेका अंगुर जीसी लाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ। बाँकेका एसपी रामप्रसाद घर्तीमगर को कर्णाली प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेतमा सरुवा भएको छ।
अपराध अनुसन्धान शाखा बनेपाका एसपी अनिल कुमार खड्का लाई मधेश प्रहरी गण, धनुषामा सरुवा गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल राज बोहरा को नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १, नक्सालमा सरुवा भएको छ।





























