देश

माधव नेपाल जस्ता फ्लोर क्रस गर्नेका लागि पार्टीमा ठाउँ छैन : के पी ओली

जगत ठाडा मगर
२०७८ साउन १६ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपालका लागि पार्टीमा कुनै स्थान नभएको बताएका छन् ।

शनिबार बसेको नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

‘माधव नेपाल जस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

नेपालले बाटो बिराए पनि अरु सांसदहरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो जो आउँदैन, आउँदैन ।समय कुर्दैन’ ओलीले भने । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे ।

पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।

कमेन्टहरु