देश

संविधान दिवसमा राष्ट्रपतिले राखे शीतलनिवासमा कार्यक्रम

नवलपुर टुडे
२०८२ अशोज १ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असोज ३ गते शीतलनिवासमा संविधान दिवस मनाउने भएका छन्। राष्ट्रपति कार्यालयले संविधान दिवस मनाउन निम्ता गर्दै कार्ड पठाएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा संविधान दिवस मनाउँदै एक कार्यक्रम आयोजना गरिने उक्त निम्तापत्रमा उल्लेख छ। राष्ट्रपति पौडेलले निम्तापत्रमा असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखिएको व्यहोरा पनि अवगत गराएका छन्।

उता सरकारले पनि सामान्य रूपमा संविधान दिवस मनाउने भएको छ। जेनजीको आन्दोलनपछि संसद विघटन र सरकार परिवर्तन भएसँगै सरकारले समारोहको आकार घटाउने भएको हो।

Ramchandra paudel 1

कमेन्टहरु