बाढी/पहिरो

पूर्व नवलपरासी र रुपन्देहीका बासिन्दालाई सतर्क रहन आग्रह

नवलपुर टुडे
२०८२ अशोज १ | बिहान ०९:०६ बजे

पूर्व नवलपरासी । जल तथा मौसम विज्ञान विभागले पूर्व नवलपरासी र रुपन्देही जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।विभागले पछिल्लो ३ घण्टामा नवलपरासी पूर्वको सेमारी वर्षा मापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। 

विभागका अनुसार भारी वर्षाका कारण सो क्षेत्र भएर बग्ने स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।

यसैगरी, रुपन्देही जिल्लाको तिनाउ खोला बुटवल जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेका मानिसहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कमेन्टहरु