मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

मार्तडी कोल्टी सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

उमेश रोकाया
२०८२ भदौ ३१ | मध्यान्ह ०६:०५ बजे

बाजुरा, भदौ ३१ । बाजुराको मार्तडी कोल्टी सडक अँझै सञ्चालनमा आएको छैन् । विगत तीन महिना देखि अवरुद्ध बनेको सो अहिले पनि सञ्चालन हुन सकेको छैन् । गत असार देखि वर्खा सुरुभए सँगै यहाँको जिल्ली सडकको ठाउँ ठाउँमा पहिरो जाने गरेकोले विगत तीन महिना देखि मार्तडी–कोल्टी सडक अवरुद्ध बन्दै गएको हो ।

सडक अवरुद्ध हुँदा यहाँको जिल्लाको पुर्वि उत्तर क्षेत्रमा रहेका हिमाली , स्वामिकार्तिक खापर ,  जगनाथ र बुढीन्दा लगायतका स्थानीयबासीलाई सदरमुकाम मार्तडी सम्म सवारी साधनमा आउजाउमा  निकै सास्ती हुने गरेको छ । मार्तडी–कोल्टी सडक खण्डको जिल्लीमा पहिरो गएपछि त्यस ठाउँमा अहिले यहाँका स्थानीयले ज्यान जोखिम राखेर मार्तडीमा आउजाउ गर्ने गरेको जिप चालक रामबहादुर कार्कीले बताउनुभयो ।

जिल्ली सडकमा मात्र नभएर यहाँको ढम्कने देखि उता कोल्टी सम्म सडकको अवस्था पनि निकै नाजुक छ । यो सडक कालोपत्रे गर्नाका लागि ठेक्का परेको भएपनि काम भने अँझै सम्पन्न भएको छैन् । २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका छन् ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् । यता मार्तडी देखि चुथी सम्मको ९ किलोमिटर सडक पीच गर्ने काम सम्पन्न भएपनि उता ढम्कने देखि कोल्टी सम्मको ३१ किलोमिटर सडक भने अँझै पीच भएको छैन् ।

<span;>‎

‎ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा निकै ढिलाइ भएपछि मार्तडी देखि कोल्टी सम्म जाने यात्रुलाई बर्खाको समय सधै सास्ती खेप्नु परेको छ । ‎मार्तडी देखि कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएका छन् ।

‎जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको हो । अहिले त्यो पहिरोलाई सफा गर्ने तयारी भएको छ । पहिरो सफा गरेपछि अवरुद्ध भएको सडक पनि चाँडै सुचारु हुने भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।

‎जिल्लीमा सडकको बीचमा ठुलो पहिरो लागेको छ । पानी नरोकिएको हुँदा अहिले त्यसलाई सफा गर्न समस्या भएको छ । पानी रोकिने वित्तिकै त्यो पहिरो सफा गर्न लगाएर दशै अगावै सडक सुचारु गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेयलले बताउनुभयो ।

कमेन्टहरु