सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

रासस
२०८२ भदौ ३१ | बिहान ११:०५ बजे

नेपालगञ्ज, भदौ ३१। यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिनुभयो ।
“हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदैछ”, उहाँले भन्नुभयो । मृतक थारुको शव पोष्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई रु। १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताउनुभयो ।


















