यी हुन् सबैभन्दा कम उमेरमा एमी जित्ने अभिनेता

एजेन्सी
२०८२ भदौ ३० | मध्यान्ह ०४:०५ बजे

लस एञ्जलस । नेटफ्लिक्सको मिनी–सिरिज एडोलेसन्सबाट चर्चित १५ वर्षीय ओवेन कूपरले इतिहास रचेका छन् । उनी एमी अवार्ड जित्ने सबैभन्दा कान्छो अभिनेता बनेका छन् । कूपरले ड्रामा सिरिज ‘एडोलेसन्स’बाट मुख्य अभिनेताको लागि एमी अवार्ड प्राप्त गरेका छन् । यति सानो उमेरमा कुनै कलाकारले यो अवार्ड पाएको यो नै पहिलो पटक हो ।
‘जतिबेला मैले नाटकका कक्षाहरू सुरु गरेको थिएँ, त्यतिबेला मैले अमेरिकासम्म आउला भनेर आशा समेत गरेको थिइनँ, यहाँ (एमी)सम्म आइपुग्ने कुरा त बिल्कुल सोचेको थिइनँ,’ एमी अवार्ड प्राप्त गरेपछि कूपरले भनेका छन् । ‘तीन वर्ष पहिले म केही पनि थिइनँ तर आज म यहाँ उभिरहेको छु । आफूलाई सहज हुने क्षेत्र (कम्फर्ट जोन)बाट बाहिर निस्कनुहोस्, यदि तपाईं अलिकति लज्जित हुनु भयो भने कसलाई नै वास्ता हुन्छ र ?’ उनले भने ।
यो पुरस्कारले उनको लागि धेरै अर्थ राख्ने अवार्ड प्राप्त गरेपछि कूपरले प्रेस रुममा भनेका थिए । एडोलसेन्स चार भागको नेटफ्लिक्स सिरिज हो । यसमा स्टीफन ग्राहमले महत्त्वपूर्ण भूमिका निभाएका छन् । यस सिरिजका निर्देशक फिलिप बारान्टिनी हुन् ।


















