महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

रासस
२०८२ भदौ ३० | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ, भदौ ३० ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । नेपालको इतिहासमा उहाँ पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ ।


















