कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

रासस
२०८२ भदौ ३० | मध्यान्ह १२:०५ बजे

कञ्चनपुर, भदौ ३०। जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये लागूऔषधका मात्रै १६९ जना रहेका छन् ।


















