कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बादरले बाली नोक्सानी गर्दा किसान चिन्ताजनक

उमेश रोकाया
२०८२ भदौ ३० | बिहान ०९:०५ बजे

बाजुरा , भदौ ३० । बाजुरामा लगाएको बाली बादरले नोक्सानी गर्दा कृषक चिन्ताजनक परेका छन । जग्गाजमिन रहेको कोदो , धान , मकै र सिमी सहित अन्न बाली बादरले खाएर विनास गरेको छ । बालीमा बादर केही पनि नराखेको हुँदा गाउँका किसान समस्यामा भएका छन ।

हरेक दिनमा लगाएको बाली बादरले खाने गरेको हुँदा दैनिक दिनमा रेखदेख गर्दा पनि धान, मकै र कोदोको बोटमै बादरले खाएर सखाप गर्ने गरेको छ । बोट रहेको बाली बादरले खाएर केही नराखेपछी रुने मन भयो । बाली जतिको सबै सखाप भएपछि बालबच्चा कसरी पाल्ने चिन्ता रहेकोे हिमाली गाउँपालिका -६ पाँडी गाउँकि काउली रोकायाले बताउनुभयो ।

गाउँमा पाखो जग्गामा धान, कोदो, सिमी र मकै उब्जनी गर्ने घरपरिवार हुर्काउने गरेको छ । जग्गाजमिन लगाएको बाली टिप्ने बेला बादरले बोटमै खाने गरेको छ । बाली जोगाउन बादरको हटाउन तिर लागिपर्दा पनि जंगली जनावर र चराचुरुङ्गी केही नराखिदिने भए ।

‎लगाएको बाली घरमा भित्र्याउन समयमा बादरले खाएपछि क्या खाने आउने पाहुनालाई क्या खुवाउने समस्यामा परेका छौँ । बाली टिपेर कट्टामा हाल्नेभन्दा पनी पेटमा हाल्ने मुस्किल भएको छ । भएको बाली जंगली जनावरले आहार भएपछि भोकमरी हुने सम्भावना धेरै रहेकोे छ । खेतबारीमा कोदो, मकै र धान सबै बादर सखाप गरेपछि केही नराख्ने भएका कृषक लालकला लवारले बताउनुभयो ।

बोटमै रहेको बाली राम्रोसँग नपाकेको फल काचो काटेर ल्याउने गरेको छ । बाली लगाइयो , गोडमेल गरेर अनिकाल हुने भयो । हरेक वर्ष खेतीपाती राम्रो गर्‍यो , अन्तिममा पाकेको फल भित्र्याउन बेला बादर लागेर केही नराख्ने अवस्था हुने गरेको छ । लगाएको बाली बादरले सखाप गरेपछि गाउँमा बस्नु जस्तो छैनन् । एकातिर लाग्नुपर्ने अवस्था आएको छ ।

यो वर्ष घरपरिवार बालबच्चा पाल्न पनि धौधौ भएको छ । गाउँ तिर मुख्य पेशा कृषि गरेर जीवन निर्वाह गर्ने आधार अन्नबाली मानिन्छ । लगाएको बाली केहि नराख्ने भएपछि जग्गाजमिन बाजो गर्नुपर्ने अवस्था आएको छ । खेतबारीमा लगाएको बाली जंगली जनावर र चराचुरुङ्गी आहारा गरेपछि घर छोडेर भारत गएर काम गर्दै पेट पाल्नुपर्ने अवस्था भएको लवारले बताउनुभयो ।

कमेन्टहरु