‘जेनजी’को प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

नवलपुर टुडे
२०८२ भदौ २९ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । ‘जेनजी’ले गरेको प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको सख्या ७२ पुगेको छ । तीन प्रहरीसहित ७२ जनाको मृत्यु भएको हो ।
आइतबार (भदौ २९) नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको भदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृत्युको संख्याबारे जानकारी गराएका हुन् ।
मृतक सबैलाई सहिद घोषणा र उनीहरूका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरिएको छ ।























