प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने

नवलपुर टुडे
२०८२ भदौ २९ | बिहान ११:०५ बजे

काठमाडौँ, भाद्र २९। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। पद ग्रहण गरे लगत्तै उनले जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख दिने निर्णय गरेकी छन्।
पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरिन्। कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो। कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएकी छन्।


















