रौतहटमा डुबेर बालिकाको मृत्यु

रासस
२०८२ भदौ २८ | मध्यान्ह ०३:०५ बजे

चन्द्रपुर । रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । आज बिहान जितिया पर्वको (नहायखाय) पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी गौर–६ बस्ने बैजु साहकी १० वर्षीया करिश्मा साहको डुबेर मृत्यु भएको हो ।
नुहाउने क्रममा बालिका डुबी बेपत्ता भएको खबर पाउनासाथ अस्थायी प्रहरी पोस्ट, बसपार्कका प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा गएको टोलीले खोजी गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।


















