आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध


काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ । प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्यीकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न आपराधिक गतिविधि गर्नसक्ने भन्दै त्यस्तो भएमा वा भएको देखेमा खरब गर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट तथ्यहीन भ्रामक प्रचारप्रसार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाइ सीमा अपराधलगायत लुटपाट, आगजनीजस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि हुनसक्ने जनाउँदै त्यसबारे टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध छ ।”
यसका लागि सीमामा खटिएका समकक्षीलगायत सरोकार भएका अन्य निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।























