विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैनः सभामुख / अध्यक्ष

रासस
२०८२ भदौ २७ | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ, भदौ २७ । प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताउनुभएको छ । उहाँहरुले आज संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गर्नुभएको छ ।


















