घटना

रेलबाट हामफाल्दा बलिउड अभिनेत्री करिश्मा घाइते

एजेन्सी
२०८२ भदौ २७ | मध्यान्ह १२:०५ बजे

मुम्बई । बलिउड अभिनेत्री करिश्मा शर्मा रेलबाट हामफालेकी छन् । एक फिल्म छायाङ्कनमा जाने क्रममा उनी साथी छुटेको कारण ट्रेनबाट हाम फालेकी थिइन् ।  आफू बुधवार ट्रेनबाट हाम फालेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् ।

‘म हिजो चर्चगेट छायांकनका लागि जाँदै थिए । म सारी लगाएर रेलमा चढे । रेल छिटोछिटो गुड्दै थियो । मैले साथीले रेल चढ्न नसकेको देखे र म पनि हामफालेँ, उनले अगाडि भनेकी छन् ‘मेरो ढाडमा चोट लागेको छ,  टाउको सुन्निएको छ र पुरै शरीरभरी ठोकिएको निशान छ ।

’ डाक्टरले एमआरआई गरेर एक दिनका लागि भर्ना गरेको बताउँदै उनले फ्यानसँग माया र शुभकामनाको आस राखेको बताएकी छिन् । फ्यानको माया र शुभकामना आफ्नो लागि हिम्मत भएको उनको भनाइछ ।शर्मा फिल्म ‘प्यार का पन्चनामा २’ र ‘रागिनी एमएमएसः रिटर्न्स’ जस्ता फिल्मबाट चिनिएकी छन् । 

कमेन्टहरु