अमेरिकामा भारतीय मूलका प्रबन्धकको हत्या

एजेन्सी
२०८२ भदौ २७ | बिहान १०:०५ बजे

अमेरिकाको टेक्सासमा भारतीय मूलका ५० वर्षीय मोटेल प्रबन्धक चन्द्र नागमल्लैयाको हत्या भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार उनको हत्या उनकी श्रीमती र छोराको अगाडि भएको हो। प्रहरीले वासिङ मेसिनको विवादपछि यो घटना भएको बताएको छ। सन्दिग्ध व्यक्ति मोटेल प्रबन्धकको सहकर्मी हुन्।
उनको आपराधिक रेकर्ड समेत छ। उनलाई पक्राउ गरी हत्याको आरोप लगाइएको छ। यो घटना बुधबार बिहान डलासको डाउनटाउन सुइट्स मोटेलमा भएको थियो। ह्युस्टनस्थित भारतीय वाणिज्य दूतावासले नागमल्लैयाको मृत्युप्रति समवेदना प्रकट गर्दै उनको कार्यस्थलमा ‘क्रूरतापूर्वक’ हत्या गरिएको बताएको छ।
‘हामी परिवारसँग सम्पर्कमा छौँ र सबै सम्भावित सहयोग प्रदान गरिरहेका छौँ। अभियुक्त डलास प्रहरीको हिरासतमा छ। हामी मुद्दालाई नजिकबाट निगरानी गरिरहेका छौँ,’ वाणिज्य दूतावासले ट्विटरमा लेखेको छ।























