देश

बिहान ११ बजेसम्म निर्वाध आवत जावत गर्न पाइने, साँझ दुई घण्टा खुला

नवलपुर टुडे
२०८२ भदौ २७ | बिहान ०८:०५ बजे
काठमाडौँको कोटेश्वरबाट बिहीबार देखिएको वायु प्रदूषणका कारण तुवालोले ढाकेको आसपासको क्षेत्र । पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकामा वायुप्रदूषण बढेकाले आँखा पिरो हुने, घाँटी खसखसाउने जस्ता समस्या देखिएको छ । तस्बिरः सुरज घिमिरे/रासस

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्युको समय घट्दै गएको छ ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज (शुक्रबार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न पाइने छ ।

सेनाले भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कर्फ्यु आदेश जारी रहने जनाएको छ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा पनि अत्यावश्यक सेवाका जस्तैः एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिने छ।

विभिन्न सरकारी कार्यालय, मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तिय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचयपत्र देखाइ कार्यालयसम्म आवतजावत गर्न सक्ने छन्।

साथै आन्तरिक र बाह्य उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।

कमेन्टहरु