परासी कारागारबाट भागेका कैदीबन्दीलाई यथासिघ्र फर्कन जिल्ला प्रशासन कार्यालय नवलपरासीको सुचना

नवलपुर टुडे
२०८२ भदौ २६ | मध्यान्ह ०६:०५ बजे

परासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले कारागारबाट भागेका कैदीबन्दीलाई कारागारमा फर्कन सुचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बिहिबार एक सुचना जारी गरी भागेका कैदीबन्दीलाई यथासिघ्र कारागारमा फर्कन सुचना जारी गरिएका हुन ।
जिल्ला सुरक्षा समिती पश्चिम नवलपरासीको बिहिबार बसेको बैठकको निर्णय बमोजिम भाद्र २५ गते बुधबार कारागार कार्यालय भित्र आगजनी र तोडफोड गरी अराजक स्थिति सृजना गरी भागेका कैदीबन्दीलाई कारागारमा फर्कन प्रमुख जिल्ला अधिकारी हिमलाल रेग्मीले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ।
सुचनामा यथासिघ्र कारागार कार्यालयमा नफर्के कानुन बमोजिम कारबाही हुने ब्यहोरासमेत जानकारी दिएको छ ।
























