समाचार

परासी कारागारबाट भागेका कैदीबन्दी मध्ये १४ जना कारागारमै फर्के

जगत ठाडा मगर
२०८२ भदौ २६ | मध्यान्ह ०५:०५ बजे

नवलपरासी । पश्चिम नवलपरासीका जिल्ला कारागार परासीबाट बुधबार भागेका कैदीबन्दी मध्ये आज बिहिवार पौने ५ बजे साझसम्म १४ जना कैदीबन्दी आफै फर्केका छन ।

जिनजीको आन्दोलन पश्चात् देशभरका कारागारबाट कैदीबन्दी भाग्ने क्रममा पश्चिम नवलपरासीका कारागारबाट पनि (हिजो) बिहिवार बिहान ५४७ जना कैदीबन्दी भागेका थिए । २९ जना कैदीबन्दी भने नभागेर कारागारमै बसेका थिए । भागेका मध्ये बुधबार साझसम्म ३ जना कैदीबन्दी कारागार फर्केको सुचना अधिकारी जितेन्द्र प्रसास चौधरीले नवलपुर टुडेलाई जानकारी दिए ।

उनले आज बिहिवार पनि बिहानैबाट बुधबार भागेका कैदीबन्दी मध्ये ११ जना कारागारमा फर्केको बताए । सो कारागारमा महिला पुरुष गरेर ५७५ जना कैदीबन्दी रहेका थिए ।

कमेन्टहरु